सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालबिनोद माध्यमिक विद्यालयलाई दुइ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितीमा विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई २ लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरिन् ।
बैंकले हाल ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।