बाणिज्य बैंकहरुले प्रत्येक प्रदेशमा एक एक वटा प्रादेशिक कार्यालय स्थापना गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देस्हीं जारि गर्दै मौद्रिक नीतिले गरेको ब्यबस्था अनुरुप प्रादेशिक कार्यालय स्थापना गर्न निर्देशन दिएको हो ।
बैंकहरुले आगामी पुस मसान्तसम्म प्रादेशिक कार्यालय खोल्नु पर्ने छ । बिगतमा स्थापित क्षेत्रिय कार्यालयहरु भए त्यस्ता कार्यालयलाई समेत प्रादेशिक कार्यालयमा रुपानतरण गरिन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ति कार्यालयले प्रदेश अन्तर्गतका शाखाहरुसंग समन्वय, निगरानी, संस्ताहग्त शुशासन, जोखिम ब्यबस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु गर्नु पर्ने छ ।
त्यस्तै राष्ट्र बैंकले महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानीय तहमा शाखा खोल्दा राष्ट्र बैंकको अनुमति लिनु नपर्ने ब्यबस्था गरेको छ ।