देवः विकास बैंक र गरिमा विकास बैंकबीच गरिमा रेमिट संचालन सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार देवः विकास बैंकका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।