नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको शाखाबाट एनएलजी इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले हस्ताक्षर गरे ।