माछापुछ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ । त्यातले ३ महिना अघि बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । उनले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । ५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले ५ लाख सम्मको दुर्घटना बीमा, १ लाख सम्मको अस्पताल भर्ना खर्च र ५ हजार सम्मको औषधी खर्च निःशुल्क पाउँदै आएका छन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् ।
बंैकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २८ शाखा रहित बंैकिङ्ग र ९९ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।