एनआइसी एसिया बैंकले चाड पर्वको अवसरलाई लक्षित गरि घरेलु रेमिटमा प्रत्येक चौथो कारोबार निशुल्क पठाउन सकिने योजना ल्याएको छ। यस योजना अन्तर्गत आन्तरिक रेमिटमा ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाइने बैंकले जनाएको छ।
बैंकले ल्याएको यो योजना आगामी मङ्सिर २९ सम्म लागू हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए। बैंकका २४६ शाखा कार्यालय तथा १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत रेमिट गर्दा यो अफर लागू हुनेछ।