सांग्रीला डेभलपमेन्ट बैंकले आश्विन ७ गते देखि १६ गते सम्म नबनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालिम सम्पन्न गरेको छ । कर्मचारीहरुलाई बैंक सम्बन्धि काम तथा नीति नियमको बारेमा जानकारी दिन तालीम दिइएकोे हो । तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले नबनियुक्त तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताए ।
बैंकले खोल्न लागेका नयाँ शाखाहरु संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरि ८७ ओटा पुग्नेछन् ।