महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले थप चार शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले रुपन्देही जिल्ला, ओम सतीया गाउँपालिका वडा नं १, स्थित ठुटीपिपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका वडा नं ३ स्थित धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं ४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ ।
उल्लिखित शाखाहरु सञ्चालनमा आए पश्चात् कुल शाखा संख्या ८९ पुगेको बैंकले जनाएको छ ।