एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएपछि ग्राहकहरुले नेशनल हस्पिटलको सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।