
सानिमा बैंकले ललितपूरको कुपण्डोलमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले उक्त शाखाको उद्घाटन गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले निरन्तर बैंकिङ सेवा प्रदान गर्न देशका विभिन्न ठाउँमा शाखा विस्तारको काम भईरहेको बताए ।
हाल सानिमा बंैकले ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एममार्फत सेवा दिँदै आएको छ ।