
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले विदेशी विनिमय संचित रकमको ६ अर्ब डलर जति रकम ठूला सडक परियोजनामा खर्च गर्नु पर्ने सुझाव दिएको छ ।
आगामी आर्थिक वर्ष ७८÷७९ को बजेटमा सुझाव दिदै संघले विदेशी विनिमय संचिति मध्येको आधा रकम ठूला सडक परियोजनामा खर्च गर्न सुझाव दिएको हो । नेपाल राष्ट्र बैंककले प्रकाशन गरेको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती” अनुसार २०७७ फाल्गुनसम्म १२.५७ अर्ब डलर विदेशी विनिमय संचित रहेको उल्लेख गर्दा संघले अर्थतन्त्रलाई थप चलायमान बनाउन तथा संचित रकमको सहि सदुपयोगका निमित्त सो रकम मध्ये करिब ६ अर्ब डलर जति ठूला सडक परियोजनामा प्रयोग गर्न सुझाव दिएको हो । संघले काठमाण्डौं निजगढ, सगरमाथा, रारा ताल आदि क्षेत्रमा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ हुने संघले उल्लेख गरेको छ ।
‘सडक निर्माणको कार्यलाई गुणस्तरयुक्त बनाउन तथा शिघ्र सम्पन्न गर्न आवश्यकता अनुरुप राम्रा विदेशी ठेकेदार समेत प्रयोग गर्नु उपयुक्त हुने’ संघको सुझावमा भनिएको छ ।