बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउँदै लैजाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले मञ्जुश्री फाईनान्स लिमिटेडसंग सो सम्वन्धमा सम्झौता गरेको छ।
क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र मञ्जुश्री फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाबीच हस्ताक्षर भएको छ।
यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउसले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि प्रणाली उपलब्ध गराउने छ ।सो कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने र लिनेगरी कारोबार संचालन गर्न सक्नेछन्।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिलभुक्तानी, प्रिमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन्।