ग्लोबल आइएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:06:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र  धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन । 

बैंकका अनुसार माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बंैकको परिचय पत्र पेश गर्नु पर्नेछ । 

२८९ शाखा रहेको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved