सनराइज बैंकद्वारा वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रली र ह्वील चियर प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 01:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ । बुधबार  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन्।


बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन् । सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति श्री ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका छन्।

बैंकले हरेक बर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved