नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 12:01:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले सिरहा जिल्लाको फुलवरिया वडा नं. ७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको जनाएको छ।

 नेपाल एसबिआई बैंकका प्रदेश कार्यालयका प्रमुख लेखनाथ पोखेलले विद्यार्थिहरुलाई झोला वितरण गरेका हुन् । बैंकले लिएको यस्तो पहलबाट विपन्न परिवारमा सरकारले शिक्षा क्षेत्रमा लिएका विद्यार्थी भर्ना र विद्यार्थीले स्कुल नछोड्ने कार्यक्रममा सघाउ पुग्ने विश्वास लिएको जनाएको छ ।

कार्यक्रममा उपस्थित अभिभावकहरु बचत, लघू कर्जा, बैक खातामार्फत विप्रेषण, सहुलियत कर्जा सम्बन्धि वित्तीय साक्षरता समेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved