भिसा डाइरेक्ट मार्फत १०० बढी देशहरूबाट सिधै एनआईसीको खातामा रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 04:21:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ। बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै यो सेवाको सुरुवात गरेको हो। 

बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने छन् । यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार रकम पठाउने विदेशी तथा स्वदेशीहरूले आफ्नो मोबाइल इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने छन्।  यस सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको जनाएको छ।

बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved