२४ करोड निक्षेप लगानी गर्न बैंक खोज्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 01:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानी गर्न प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न प्रस्ताव गरेको हो ।

रकम लगानी गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आगामी वैशाख २४ गते सोमबारसम्म आफ्नो संस्थाले निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार यसरी राखिने रकमको अवधि ३६६ दिन अर्थात् २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म छ ।

केन्द्रीय बैंकले लगानीको लागि छुट्याएको रकममध्ये वाणिज्य बैंकतर्फ १९ करोड २० लाख रुपैयाँ, विकास बैंकतर्फ लागि ३ करोड ६० लाख रुपैयाँ र फाइनान्स कम्पनीतर्फ १ करोड २० लाख रुपैयाँ छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको भने हुनुपर्नेछ ।  

यसबाहेक तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु सूचनामा उल्लेख छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved