प्रभु बैंकका ग्राहकलाई डिजे लावन्जमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 02:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका ग्राहकले डि.जे. लावन्जमा छुट पाउने भएका छन् । प्रभु बैंक र गुर्जुधारा स्थित डि.जे. लावन्ज बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डि.जे. लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले डि.जे. लावन्जद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

 सम्झौता अन्तर्गत डि.जे. लावन्जमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, डि.जे. लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved