प्रभु बैंकका ग्राहकलाई गुर्जुधारा डेन्टल केयरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 01:05:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकका ग्राहकले गुर्जुधारा डेन्टल केयरमा छुट पाउने भएका छन् । प्रभु बैंक  र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार  सम्झौता सँगै  प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले गुर्जुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

 सम्झौता अन्तर्गत गुर्जुधारा डेन्टल केयर प्रा. लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकवहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गुर्जुधारा डेन्टल केयर प्रा. लि.का उल्लेखित सेवाहरुमा उल्लेखित छुट पाउने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved