नेपाल बैंकको संदेशमुलक दशैं भिडियो 'मामाघर' सार्वजनिक (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 02:15:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।

करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट संभव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छंदाको दिदि भाईको माया स्नेह बिबाह पश्चात विस्तार कम हुंदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको  यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने संदेश समेत भिडियोले दिएको छ । त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबद्र्वन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ  । नेपाल बैंकले आफ्नो आधिकारीक फेसबुक पेज  र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको छ ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम  साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।  

हेर्नुस् भिडियो :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved