एभरेष्ट बैंकको १२२ औ शाखा पोखराको बिरौटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 09:01:11 PM मा प्रकाशित

एभरेष्ट बैंक लिमिटेडले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा अर्थविद डा. गणेश गुरुङ्गले पंजाब नेशनल बैंक भारतसंग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजश्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतिय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने विश्वास व्यक्त गरेका छन् । यो संगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको छ ।

बैंकले १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved