एभरेष्ट बैंकको १२३ औं शाखा लालबन्दी सर्लाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 07:49:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले  सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा संचालनमा ल्याएको छ । लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  सुदेश खालिङ्गले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई रु. ५०,०००÷–को चेक समेत हस्तान्तरण गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन् ।  

बैंकले १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved