सानिमा बैंकले क्युआर कोडबाटै शैक्षिक कर्जा प्रमाणीकरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 08:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । त्यसैले, यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कोड सहितको कर्जा स्वीकृति पत्र ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्युआर कोड स्कयान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम रु.१ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ ।  

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved