सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 04:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकका ग्राहकले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच बैंकका ग्राहकलाई उपचारमा छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ्गमार्पmत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन् । 

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अ‍ोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपिडि फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने छन् । 

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

उक्त सम्झौता पश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved