इन्भेष्टमेन्ट मेगा बैंकले सुरु गर्यो 'नेपाल पे ट्याप' र 'नेपाल पे क्युआर' सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 12:20:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा finPOS बाट “नेपाल पे ट्याप " र "नेपाल पे क्युआर" सेवाको थालनी गरेको छ । यस सँगै अब बैंकका ग्राहकहरूले मर्चेन्ट प्वाइन्टहरुको finPOS डिभाइसहरूमा आफ्नो NFC उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकका अनुसार अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल पे क्युआरलाई पनि बैंकले आफ्नो finPOS मा सुचारु गरेको छ । उक्त finPOS मा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ | बैंकले सुरुवात गरेको पीओएस डिभाइसमा क्युआर र NFC मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो रहेको बैंकले जनाएको छ ।

एनसीएचएलका अनुसार नेपाल पे ट्याप, “NFC" प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो P2P र P2M भुक्तानीहरूको लागि contactless भुक्तानीको माध्यम हो । ग्राहकलाई NFC सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

यस सँगै अब ग्राहकले पीओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन finPOS मा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा connectiIPS मोबाइल एप मार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा NFC enable भएको हुनुपर्दछ । हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार रु ५,००० सम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि 'all in one machine' को रूपमा finPOS उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved