फागुनमा ब्याजदर घटबढ नगर्ने बैंकर्स संघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 12:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले फागुन महिनामा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो। एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आज बिहान साढे ९ बजे बसेको थियो।

बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको एनबीएका प्रवक्ता तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले जानकारी दिए। बैंठकले अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएको भन्दै स्थिर राख्ने सहमति गरेको सिईओ कोईरालाको भनाई छ। 

एनबीएले माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ। माघको यहि ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved