यस्ता छन् यस वर्षको 'ग्लोबल मनी विक'मा गरिने ८ कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 12:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्षहरुमा जस्तै यस वर्ष पछि नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा विविध कार्यक्रम गरि  'ग्लोबल मनी विक' मनाइने भएको छ।  अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडि) को आह्वानमा विश्वभर ग्लोबल मनी विक मनाइने गरेको छ। 

ग्लोबल मनी विकको स्थायी नारा: Learn.Save.Earn.'  रहेको छ भने एघारौं श्रृंखलाका रुपमा मनाइने Global Money Week-2023 को थिम 'Plan you money, plant your future'  रहेको छ । यस वर्षको थिमले युवाहरुमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ ।

ओईसीडिको अनुरोधबमोजिम सन् २०२३ को मार्च २० देखि २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर मनाउने कार्यक्रम रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् यस वर्षको कार्यक्रम :(१) सप्ताहको पहिलो दिन (चैत ६, २०७९) नेपाल राष्ट्र बैंकको आयोजनामा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा विभिन्न विषयका वित्तीय चेतनामूलक प्रस्तुतिहरू समावेश गरी कलेजस्तरका विद्यार्थीलाई समेटेर काठमाडौँमा संयुक्त वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने ।

(२) सप्ताहभर नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट अलगअलग रूपमा देशका विभिन्न स्थानका युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गर्ने ।

(३) सप्ताहभर नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयलाई स्थानीय युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने, वित्तीय चेतनामूलक -याली आयोजना गर्ने, कार्यालय प्रमुखले स्थानीय सञ्चार माध्यममार्फत वित्तीय चेतनामूलक अन्तरवार्ता प्रसारण गराउने, स्थानीय सञ्चार माध्यमहरूलाई GMW सम्बन्धी सामग्री प्रचार / प्रसार गर्न अभिप्रेरित गर्ने, बैंक तथा वित्तीय संस्थाका स्थानीय शाखाहरूबाट वित्तीय चेतनामूलक कार्यक्रम गर्न अभिप्रेरित गर्ने ।

(४) नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने ।

(५) विभिन्न सञ्चार माध्यमबाट आफ्ना नियमित प्रसारणमा GMW सम्बन्धी विषयवस्तुलाई यथासम्भव समेट्न अनुरोध गर्ने ।

(६) नेपाल राष्ट्र बैंकले युवालक्षित वित्तीय साक्षरता सम्बन्धी टेलिभिजन अन्तरवार्ता वा 'टक शो' कार्यक्रमहरूको आयोजना गर्ने ।

(७) सप्ताहभर नेपाल राष्ट्र बैंकले तयार पारेका वित्तीय चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू बैंकको सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने ।

(८) नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका केही स्कूल तथा क्याम्पसमा युवाहरू केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved