५० सालमा किनेको १० कित्ता शेयरले अहिले लाखौ लाखको सम्पति बनेको छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 05:18:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०५०/५२ सालमा किनेको १० कित्ता शेयरले अहिले लाखौको सम्पति बनेको बताएका छन् । ग्लोबल मनि विकको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्ययन प्रयोजनको लागि किनेको १० कित्ता शेयरले अहिले लाखौको सम्पति बनाएका हुन् ।

उनले त्यस समयमा सुचिकृत कम्पनीको बारेमा जानकारी पाउँन निकै कठिन रहेको उल्लेख गर्दै अध्ययन गर्न वार्षिक प्रतिवेदन चाहिने र सो प्रतिवेदन पाउँनको लागि आफुले किनेको १० कित्ता शेयरले अहिले लाखौको सम्पति बनेको उल्लेख गरे । आईपिओ निष्काशन गर्दा त्यो समय पुरै नबिक्ने गरेको उनले स्मरण गरे ।

उनले भने 'हामीले फोर्सफुल्ली गरेको सेभिङले राम्रो हुन्छ, नेपालमा राम्रो रेट छ, हामीले गरेको सेभिङ ८-१० वर्षमा रकम दोब्बर नै हुने रेट छ, त्यो सेभिङले काम गर्छ, त्यसलाई मल्टीपलाई गर्न सकिन्छ, त्यसकारण सेभिङ अत्यन्तै जरुरी छ'। उनले बचत नगरे त्यो रकम त्यतिक्कै खर्च भएर जाने उल्लेख गर्दै बचत गर्न आग्रह गरे ।

उनले नेपाल समग्रमा कम बचत गर्ने मुलकमा परेको बताउदै नेपालीले बचत कम र खर्च तथा उपभोग बढी गर्ने गरेको बताए । उनले बचत गर्न आग्रह गर्दै बचत बाट नै कमाई हुने बताए । उनले अहिले भएको रकमको सहि सदुपयोग गरे मात्र भोलिको सहज र सुरक्षित हुने भएकोले सबैलाई बचत गर्न आग्रह गरेका हुन् ।

आजदेखि 'ग्लोबल मनी विक –२०२३’ सुरु भएको हो । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो। यस वर्षको नारा 'Plan your money, plant your future' भन्ने रहेको छ । 'ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा यो अभियान सञ्चालन हुँदै आएको छ । 'Learn.Save.Earn.'लाई ग्लोबल मनी विकको स्थायी नारा तय गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved