वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि सप्ताह माछापुच्छ्रे बैंकले मनाएको छ ।
यस वर्ष मार्च २० तारिखदेखि २६ तारिखसम्म परेको ग्लोबल मनि सप्ताह अन्र्तगत माछापुच्छ्रे बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तरकृया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनि सप्ताह मनाएको हो ।
माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत सेवा दिँदै आएको छ ।