सरकारको लागि २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 01:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज २० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले विकास ऋणपत्र 'ट' बिक्री गरेर आन्तरिक ऋण उठाउन लागेको हो । आज बोलकबोल गरेपछि शुक्रबार ऋणपत्र निष्काशन हुने छ । 

राष्ट्र बैंकले बोलकबोल प्रक्रिया मार्फत ऋणपत्र बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले सहभागिता जनाउन सक्ने छन् 

यो ऋणपत्रको अवधि ४ वर्षको रहेको छ । २०८४ वैशाख  ८ गते ऋणपत्रको सावाँ भुक्तानी हुने छ । यसमा अर्धवार्षिक ब्याज प्रदान हुने छ भने ब्याजमा कर लाग्ने छ ।  धितो राखेर कर्जा लिन तथा दिन समेत पाइने छ

 विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved