सुजुकिको गाडी किन्न कुमारी बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 06:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेड र सी जी मोटर कोर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा क्गशगपष् ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको हो।

बैंकका अनुसार यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन्साथै सो कर्जा ८ वर्षअवधीसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।

बैंकले ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्गईका ई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved