सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 08:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

२०६४ वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ ।

 सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ६२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व  ४३ अर्व रहेको छ र यसै अवधिमा करिव रु १ अर्व २४ करोड  खुद मुनाफा गर्न सफल भएको छ । 

बैंकले १६औं बार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा लिएको बैंकले जनाएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले  सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved