बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज खानेको आम्दानीमा अर्थमन्त्री महतको कैंची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 06:44:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेपकर्ताको ब्याजमा लाग्ने कर एक प्रतिशतले बढेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंक तथा वित्तीय संस्थामा बचत गर्ने निक्षेपकर्ताले ब्याजमा तिर्नुपर्ने ब्याज एक प्रतिशतले बढाएको हो। 

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयकमार्फत निक्षेपकर्ताले पाउने ब्याजमा एक प्रतिशत विन्दुले करको सीमा बढाएका हुन् । बजेटमा गरिएको व्यवस्थाअनुसार निक्षेपकर्ताले ब्याजमा ६ प्रतिशत कर लाग्नेछ। यसअगाडी निक्षेपकर्ताले ब्याजमा ५ प्रतिशत ब्याज तिर्दै आएका थिए। 

व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताको लागि ब्याजमा कर बढेको हो। यद्दपि जीवन बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थामा राख्ने निक्षेपको ब्याजमा लाग्ने ५ प्रतिशत करलाई भने यथावत राखिएको छ। 

तर विदेशी बैंक वा विदेशी वित्तीय संस्थाबाट लिने ऋणको ब्याज भुक्तानी गर्दा ब्याजमा लाग्ने कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ। २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने दुई सय मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशय जलविद्युत् कम्पनीहरूको हकमा यो व्यवस्था लागू हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved