कृषि विकास बैंकमा १७९ जनाका लागि जागिर खुल्यो, १२ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 12:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकमा १७९ कर्मचारीका लागि जागिर खुलेको छ । बैंकले चौथो तहदेखि नवौँ तहसम्मका लागि दरखास्त आव्हान गरेको हो ।

कुल १७९ मध्ये खुलातर्फ ९२ जना छन् । महिलामा २८, आदिवासी जनजातिमा २७, मधेशी कोटामा १७, दलितमा ९, अपाङ्गमा २ र पीछडिएका क्षेत्रमा ४ जनाका लागि जागिर खुलेको हो । 

नवौँ तहको बरिष्ठ शाखा प्रमुख (अधिकृत) मा एक जना महिलाका लागि मात्रै जागिर खुलेको छ । आठौँ तहको शाखा अधिकृतमा ४, सातौँ तहको बरिष्ठ लेखा अधिकृतमा ६, सातौँ तहको बरिष्ठ इन्जिनियरमा १ जनाले जागिर पाउने छन् ।

सबैभन्दा बढी लेखापाल सहायक चौथो तहमा ७२ जनाका लागि जागिर खुलेको हो । त्यसमा ४० जना खुला  र अन्य समावेशीतर्फका छन् । लेखापालको हकमा १२ कक्षा उतिर्णले पनि आवेदन दिन सक्ने छन्  । व्यवसाय अधिकृत छैठौँ तहका लागि ३८ र व्यवसाय सहायक पाँचौँ तहका लागि ३६ जनाका लागि जागिर खुलेको सूचनामा उल्लेख छ ।

यहाँ क्लिक गरेर विस्तृत विवरण हेर्न सकिने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved