एनएमबि बैंकको ड्राइभरटोल शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 08:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको ड्राइभरटोल शाखा स्थानान्तरण भएको छ । बैंकका अनुसार  ग्राहकको सुविधालाइ ध्यानमा राखी  पहिलेको ठाउँ देखि करिब २ सय मिटर दक्षिणतर्फ  ड्राइभरटोल चोकमा शाखा  स्थानान्तरण गरिएको  हो ।

एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले स्थानान्तरित नयाँ शाखा उद्घाटन गरेका हुन्।  कार्यक्रममा प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकको ड्राइभरटोल शाखा सिद्धार्थ राजमार्गको पुर्वपट्टी ड्राइभरटोल चोकमै स्थानान्तरण भएकोमा सो नयाँ ठाँउबाट यस क्षेत्रका एनएमबि बैंकका ग्राहकबर्ग अझै सहज, सरल र छिटोछरितो बित्तीय पहुँचबाट लाभान्वित  हुने विश्वास व्यक्त गरे ।

 एनएमबि बैंक ड्राइभरटोल  शाखा प्रबन्धक अमित पौडेलले सबै जनताको पायक पर्ने स्थानबाट बित्तीय पहुँच पुर्याउन एनएमबि बैंक ड्राइभरटोल शाखा ड्राइभरटोल चोक मै स्थानान्तरण गरिएको जानकारी दिए ।  तिलोत्तमा  नगरपालिकाको ड्राइभरटोल क्षेत्रका स्थानीयलाई गुणस्तरीय बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । सुरक्षीत रूपमा बचत राख्ने, सरल कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न सबैलाई आग्रह गरे।

 बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved