साउन १५ भित्र मौद्रिक नीति आउँछ, सबै सुझाव समेट्न सकिंदैन : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 07:05:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको लक्ष्यलाई पूर्ति गर्ने गरि नै मौद्रिक नीति ल्याउने बताएका छन्।  आर्थिक मिडिया सोसाइटी इम्सनले आयोजना गरेको पोस्ट बजेट छलफलको क्रममा गभर्नर अधिकारीले मौद्रिक नीति मार्फत बजेटले लिएका लक्ष्यहरु भेट्टाउने बाटो खोज्ने प्रयास गर्ने बताएका छन्। 

उनले साउन १५ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने कोशिसमा राष्ट्र बैंक रहने र मौद्रिक नीति निर्माणको लागि आजै देखि सुझाव माग गरेको उनले जानकरी दिए ।  उनले असारको दोस्रो हप्ता मौद्रिक नीतिको तयारीको लागि अन्तरक्रिया गरिने जानकारी दिए । 

उनले आएका सुझावहरुको आधारमा नै नीति बनाउने भएपनि आवश्यकता अनुसार मात्र आएका सुझावलाई मौद्रिक नीतिमा समावेश गरिने उनले प्रष्ट पारे ।  उनले भने 'सबै सुझावलाई समेट्न सकिदैन, राज्यको आवश्यकता अनुसारको मौद्रिक नीति बनाउने प्रयास हुन्छ '। 

उनले सबै कुरा एकै पटक सम्बोधन हुने नसक्ने भएकोले केहि समयको लागि केहि पिडा सहन सक्नु पर्ने उल्लेख गरे।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved