बैंक तथा वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर 'अराजक गतिविधि गर्नेलाई कारवाही गर'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 05:47:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 बैंक तथा वित्तीय क्षेत्रका ४ वटा संगठनले संयुक्त रुपमा नेपाल सरकारसँग शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न माग गरेका छन्। नेपाल बैंकर्स संघ,                    डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा शाखा संचालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षाका लागी माग गरेका हुन् ।  

आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकोमा ४ वटै संघले त्यसको निन्दा गरेका छन्। यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षाका लागी माग गरेका हुन्। आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने चेतावनी संघहरुले दिएका छन्।

 मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पु¥याउन कुनै पनि तत्वहरुले बाधा पु¥याएको खण्डमा सो गैर–कानूनी हुने सर्व विदितै रहेको संघहरुले स्मरण गराएका छन् । ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पु¥याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिने विश्वास संघहरुले व्यक्त गरेका छन् । 

ऋण लिए पछि तिर्नु पर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनु ४ वटै संघहरुले सरोकारवाला सबै निकायहरुसंग अनुरोध गरेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved