प्रहरी मुख्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 06:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको नक्सालमा राष्ट्रिय बाणिज्य बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा खुलेको राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

उनले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बीमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताए ।  

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved