स्विट्जरल्याण्डको बासेल पुगेर फर्किए गभर्नर अधिकारी, क्रिप्टोकरेन्सीबारेको अन्तरक्रियामा सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 04:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८० असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित The Bank for International Settlements (BIS) को ९३ औं वार्षिक बैठकमा सहभागी भई असार १२ गते स्वदेश फर्किएका छन्। सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता रहेको राष्ट्र बैंकले जनाएको छ।

बैठकका क्रममा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित 'Policy Approaches for Addressing Risks Posed by Crypto Assets and Decentralized Finance' विषयक अन्तरक्रियामा सहभागी भएका थिए। त्यस क्रममा उनले क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी दिए ।

बैठकमा बीआईएसका महाप्रबन्धक यसै गरी, असार १० गते आयोजित 'Overcoming Cross-border Payment Challenges for Emerging Markets and Developing Economies (EMDEs) विषयक 'सेन्ट्रल बैंक राउण्डटेबल' मा समेत उनी सहभागी भएका थिए। बैठकका दौरान गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा उननीहरूबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो ।बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब' को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवर्द्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ।

अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिकप्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved