सिटिजन्स बैंक द्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 08:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ। बैंकले करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप रू एक लाख बत्तिस हजारको चेक हस्तान्तरण गरेको  हो ।

बैंकका अनुसार साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।

 बैंकले एक लाख बत्तिस हजारको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समिक्षा शर्मा लाई हस्तान्तरण गरेको हो । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिईन्। 

 बैंकले १८५ वटा शाखा,  १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।                                                       



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved