उद्यम र उद्योगीलाई राहत मिल्नेगरी चालु पूँजी कर्जाबारे निर्देशन ल्याउँदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 05:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले उद्यम र उद्योगीलाई राहत मिल्नेगरि चालु पूँजी कर्जाको व्यवस्था संशोधन गर्ने भएको छ। विद्यमान व्यवस्थाले विशेषगरि उत्पादनमुलक उद्योग र उद्यम प्रकृतिका व्यवसायलाई अप्ठ्यारो परेकाले चालु पूँजी कर्जाको व्यवस्था संशोधन गरेर निर्देशन ल्याउने तयारी भईरहेको राष्ट्र बैंकले जनाएको छ। 

विद्यमान व्यवस्था उत्पादनमुलक लगायत केहि क्षेत्रका लागि प्रतिकुल देखिएकाले केहि व्यवस्थामा संशोधन हुने नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय सँस्था नियमन विभागले जनाएको छ। विभागकाअनुसार संसोधित व्यवस्था 'सर्कुलर' मार्फत केहि दिनमा सार्वजनिक हुनेछ। 

"सबै क्षेत्रबाट विभिन्न सुझाव तथा माग आएका छन्, चालु पूँजी कर्जा मार्गदर्शन २०७९ मा भएका व्यवस्थाले केहि उद्योगलाई अप्ठ्यारो परेको सुझाव आएका छन्, त्यसलाई सम्वोधन हुनेगरि निर्देशन आउनेछ" विभागले जनाएको छ। 

चालु पूँजी कर्जा मार्गदर्शनमा भएको विद्यमान व्यवस्थाले विशेषगरि छड, स्टिल, सिमेन्ट जस्ता उत्पादनमुलक उद्योग अप्ठ्यारोमा परेकाले यसमा विद्यमान केहि व्यवस्था संशोधन हुनुपर्ने पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जवलकुमार श्रेष्ठले बताए। 

उनकाअनुसार आयात गर्ने र उत्पादन गर्ने सबैलाई एकै डालोमा राखेर चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन ल्याइएको छ। उत्पादनमुलक उद्योग र उद्यमी मैत्री बनाउनलाई पनि विध्यमान व्यवस्थामा संशोधन हुनुपर्छ। 

विद्यमान व्यवस्थाअनुसार १ करोडसम्मको चालु पुँजी कर्जाको उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही चालु पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । तर, चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनु पर्नेछ।

त्यस्तै फर्म,संस्था,कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने २ करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ। यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ।

फर्म,संस्था, कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडभन्दा बढी रकमको चालु पूँजी कर्जाको सीमा निर्धारणका लागि चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा पर्मानेन्ट वर्किङ्ग क्यापिटल  र फ़्लक्चुएटिंग वर्किङ्ग क्यापिटलको पहिचान गर्नुपर्ने हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved