राष्ट्र बैंकद्वारा आयात र विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 07:16:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात र विदेशी मुद्रा सटहीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

जस अनुसार अब तयारी पोसाक तथा नेपाल एकीकृत व्यापार रणनीति, २०८० मा उल्लिखित “निर्यात संभावना देखिएका वस्तु” अन्तर्गतको “वर्तमान वस्तुहरु" उत्पादन गर्ने उद्योगहरूले आफ्नो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ व्याक टु व्याक प्रतीतपत्रको माध्यमबाट पनि आयात गर्न सक्नेछन् । यसरी व्याक टु व्याक प्रतीतपत्र खोल्दा आयात गरिएका कच्चा पदार्थको भुक्तानी सो कच्चा पदार्थबाट निर्मित तयारी वस्तु निर्यात गरी भुक्तानी प्राप्त भएपछि सोही भुक्तानी (Export Proceeds) मध्येबाट मात्र आयात प्रतीतपत्रको Payment Terms मा उल्लिखित शर्त अनुरुप भुक्तानी हुने त्र्यहोरा Back to Back प्रतीतपत्रमा अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ।

त्यस्तै अब एक पटकमा अधिकतम अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ । यस अघि यो व्यवस्था ५० हजार डलर थियो | भारतबाट हुने आयातको हकमा भने यो सीमा ३ करोड भारु कायम गरिएको छ | 

राष्ट्र बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गर्नेलाई उपलब्ध हुने विदेशी मुद्रामा नयाँ व्यवस्था गरेको छ ।  जस अनुसार सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग / व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनको लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर / प्रोग्राम / उपकरण खरिद गरी विदेशमै जडान गर्न उद्योग / व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही  वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।  

त्यस्तै अब वायुयान सेवा संचालक संस्थालाई अमेरिकी डलर १ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर १,००,००० बराबर हुने भा.रु. वा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने) भएको छ ।

पुरा निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोला 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved