राष्ट्र बैंकमा पीएचडी गरेका कर्मचारी १४ जना, ५८ जनाको शैक्षिक योग्यता एसएलसी मात्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 05:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये अधिकांश मास्टर्स डिग्री पढेका पाईएको छ । राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले राष्ट्र बैंकमा कार्यरत कर्मचारी मध्ये ६०.८ प्रतिशतको शैक्षिक योग्यता मास्टर्स रहेको देखिएको हो 

प्रतिवेदन अनुसार राष्ट्र बैंकमा ९९९ जना कर्मचारी छन्। जस मध्ये राष्ट्र बैंकमा पीएचडी गरेका १४ जना कर्मचारी रहेको देखिएको छ। त्यस्तै एमफिल गरेका १४ कर्मचारी छन् भने मास्टर्स गरेका ६ सय ७ जना कर्मचारी रहेका छन् 

त्यस्तै सीए गरेका कर्मचारीको संख्या ५३ रहेको छ । त्यस्तै ब्याचलर्स तहसम्म अध्ययन गरेका कर्मचारीको संख्या १८६ जना रहेको छ भने प्लस टु सम्म अध्ययन गरेका कर्मचारीको संख्या ६७ जना रहेको छ 

प्रतिवेदनले राष्ट्र बैंकका ५८ जना कर्मचारीको शैक्षिक योग्यता एसएलसी वा सो भन्दा कम रहेको देखाएको छ । 

हेर्नुस् सूची:




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved