एनआईसी एशिया बैंकबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 01:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग ग्राहकहरुका लागि फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन जित्न सकिने अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ। 

बैंकका अनुसार आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ र भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म यो अफर लागु हुने छ । हप्ता सकिएपछि 'लक्की ड्र' मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगईन गरी मोबाइल स्क्रिनको तल्लो भागको रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक नपर्ने बैंकले प्रष्ट पारेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved