सानिमा बैंकका ग्राहकहरुलाई तिलगंगा सिटि आँखा सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 09:00:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने बैंकले जनाएको छ । साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा रु ५० को परामर्श शुल्क मात्र लाग्ने बैंकले उल्लेख गरेको छ । 

 सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved