इन्भेष्टमेन्ट मेगाका १२ संस्थापक सेयरधनी बैंक छोड्दै, सेयर बिक्रीका लागि सार्वजानिक आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 12:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले १२ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको गरी ८ लाख १६ हजार २ सय ५३ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

बैंकका अनुसार विद्यमान संस्थापक सेयरधनी गोबिन्द कुमार श्रेष्ठको नाममा रहेको १० हजार ६९ कित्ता, प्र’डेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको १ लाख ९ हजार ६ सय ७८ कित्ता, शेर बहादुर गुरुङ्गको १२ हजार ४ सय ४५ कित्ता, भगत लाल श्रेष्ठको २७ हजार ६ सय ९१ कित्ता र ज्ञान कुमारी श्रेष्ठको २७ हजार ६ सय ९३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

त्यसैगरी, पुष्प महर्जनको नाममा रहेको ५ हजार ७ सय ११ कित्ता, किशोर प्रसाद पौडेलको १ लाख कित्ता, राधा थापा क्षेत्रीको ३१ हजार १० कित्ता, बिन्दु कुमार थापाको ४ लाख ४६ हजार ७ सय ५४ कित्ता, मनिषा थापाको २१ हजार ८ सय १९ कित्ता, कुमार थापाको १६ हजार ७ सय ८३ कित्ता र राजकुमार थापाको ६ हजार ६ सय कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

उक्त संस्थापक सेयर खदि गर्न इच्छुक बैंकको विद्यमान संस्थापक सेयरधनीले बैंकको सेयर बिक्री शाखा लाजिम्पाटबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved