'ग्लोबल स्मार्ट प्लस' मार्फत दक्षिणा दिदा १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2023 | 06:27:10 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले 'ग्लोबल स्मार्ट प्लस' मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोग गरेर टिकाको दिन दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (रु १०० सम्म) दक्षिणा स्वरुप क्यासब्याक पाइने छ ।

डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न यो योजना ल्याएको बैंकले उल्लेख गरेको छ । पैसा पठाउँदा प्रोमोकोड “ DAKSHINA” लेखी ट्रान्सफर गर्नुपर्ने हुन्छ । बैंकक अनुसार कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म योजना लागु हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन । यस्तै, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved