दशैँका बेला राष्ट्रबैंकबाट ५५ अर्ब बराबरको नोट बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 12:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको समयमा नेपाल राष्ट्र बैंकबाट ५५ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैँको १५ दिनमा ५५ अर्ब रुपैयाँ बराबरको नोट पहिलो पटक प्रयोगका राष्ट्र बैंकबाट बाहिरिएको हो । 

दशैं अघि असोज २६ गते ६ खर्ब ३३ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोटहरु चलनचल्तीमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । दशै सक्किएपछि कार्तिक १२ गतेसम्म यसरी चलनचल्तीमा रहेको नोटहरु बढेर ६ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । 

दशैंका लागि नयाँ तथा पुराना गरेर समग्रमा ५५ अर्ब बढी रुपैयाँ नयाँ प्रयोगका लागि बाहिरीएको राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लिराम पोख्रेलले जानकारी दिए । कति रुपैयाँको नोट कति परिमाणमा बाहिरियो भन्ने यकिन भइनसकेको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved