प्रिमियमको आईपीओ भन्दा सस्तोमा वाणिज्य बैंकको सेयर, तर पनि छैन् आकर्षण !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 05:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार दोस्रो बजार (नेपाल स्टक एक्सचेञ्ज) मा कारोबार भएका १९३ कम्पनीको सेयर मुल्यमा गिरावट आयो । जसमा क वर्गका अधिकांश वाणिज्य बैंकको सेयर मुल्य पनि घटेको छ । प्रभु बैंकको सेयर मुल्य प्रतिकित्ता १० पैसाले बढेको बजारमा अन्य १७ बैंकको सेयर मुल्यमा गिरावट आयो । 

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि सेयर जारी नगरेको हुनाले नेप्सेमा सुचीकृत छैन् । त्यस्तै प्राइम कमर्सिय बैंकको सेयर मुल्य मंगलबार स्थिर छ । बाँकी १७ कम्पनीको सेयर मुल्य भने मंगलबार घटेको पाइएको छ । निरन्तर जस्तै ओरालो लागेको बजारमा वाणिज्य बैंक लगानीकर्ताको आकर्षण नहुँदा सेयर मुल्य घटिरहेको छ । 

मंगलबारको बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० रुपैयाँ ३० पैसा घटेको छ । सोमबार मात्रै गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश घोषणा गरेको भोलिपल्टै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य घटेको हो । सोमबार बैंकको प्रतिकित्ता सेयर मूल्य ५२५ रुपैयाँ ३० पैसा रहेकोमा मंगलबार घटेर प्रतिकित्ता ५१५ रुपैयाँ कायम भएको छ 

यस्तै एनआईसी एशियाको सेयर मुल्य ६ रुपैयाँ २० पैसा घटेको छ भने नबिल बैंकको मंगलबार प्रतिकित्ता सेयर मल्य २ रुपैयाँले घटेको छ ।

कुन वाणिज्य बैंकको सेयर मुल्य कति ?

मंगलबारको तथ्यांक अनुसार अहिले दोस्रो बजारमा वाणिज्य बैंकको सेयर न्यूनतम १५५ रुपैयाँ देखि लिएर अधिकतम ५७८ रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ । यद्यपी यी कम्पनीमा लगानीकर्ताको आकर्षण नहुँदा सेयर मुल्य प्रभावित हुँदै आएको छ । अहिले अधिकांश कम्पनीले प्रिमियममा सेयर जारी गरिरहेका छन् । प्रिमियमको आईपीओको तुलनामा बैंकको सेयर निकै सस्तोमा पाइन थालिएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved