निफ्राले तीन महिनामा ४१ करोड बढी नाफा कमायो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 12:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजानिक विवरण अनुसार बैंकले यस त्रैमासमा ४१ करोड ३८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सो अवधिकोे तुलनामा ९.३० प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफामा वृद्धि भएको हो । यो अवधिमा बैंकले ७० करोड १५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ५९ करोड ११ लाख ८९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको सो अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा क्रमश ६.९९ प्रतिशत र ९.२८ प्रतिशतले बढी हो ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रति शेयर आम्दानी ७.६६ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी ६५ पैसाले वृद्धि भएको हो । यो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपेयाँ ०२ पैसा छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा छ ।

बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved